पाल्पा, जिल्लामा उत्पादित नास्पातीले बजार नपाएपछि किसान चिन्तित बनेका छन् । जिल्लामा दुई प्रजातिका नास्पाती पाइने गरेको छ । कालो नास्पाती अलि ठूलो र भदौ महिनाको अन्तिमसम्म राख्न सकिने भए पनि सेतो प्रजातिको नास्पाती फलेपछि छिटो नै टिप्नुपर्ने हुन्छ ।
खरिद गर्नेले गाउँमा गएर कालो नास्पाती खरिद गर्ने तर सेतो नास्पाती खरिद नगर्दा बारीमा कुहिने गरेको फेक गाविसको रेवन्त सारूले बताउनुभयो । “बारीमा फलेको नास्पाती अरिङ्गाल र चराले खाएर सक्यो, बजार नपाइएपछि नास्पाती कुहिन थालेको छ” उहाँले भन्नुभयो ।
जिल्लाका पश्चिमका कुसुमखोला, पालुङमैनादी, मुझुङ, छहरा, भुवनपोखरी, सोमादी, ख्याहालगायतका गाविसका नास्पातीका उत्पादित हुने क्षेत्र भए पनि आम्दानी हुन नसकेको किसानको गुनासो छ । रासस








0 comments:
Post a Comment