झापा ८ असोज / अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज झापाको सुरुङ्गामा सम्पन्न खेलमा झापा ११ विजयी भएको छ ।दुई एकको गोल अन्र्तरले नेपाल आर्मी क्लवलाई पराजित गर्दै झापा ११ विजयी बनेको हो । विजयी भएसंगै झापा ११ अंक तालिकाको २१ अंक सहित शीर्षस्थानमा पुगेको छ ।
विहीबार झापा ११ र नेपाल आर्मीबीच खेलहुने भनिएपनि वर्षका कारण खेल एकदिन पछि सरेको थियो ।बिर्तामोडस्थित डोमालाल रंगशालामा आजपनि पानी जमेका कारण खेल हुन नसकेपछि प्रतियोगिता सुरुङ्गामा भएको थियो । आज भएको खेलमा खेल सुरु भएको ३ मिनेटमा झापा ११ का तर्फबाट जर्सी नम्वर १४ का कर्ण लिम्वूले पहिलो गोल गरेका थिए ।
त्यस्तै १४ औ मिनेटमा विजयी टिमका तर्फबाटै जर्सी नम्वर ९ का गणेश खड्काले दोस्रो गोल गरेका थिए ।
यता नेपाल आर्मी क्लवका तर्फबाट खेल सकिन ५ मिनेट वाँकी रहदा जितेन्द्र कार्कीले एक मात्र सान्तवना गोल फर्काउन सफल भए ।
यता नेपाल आर्मी क्लवका तर्फबाट खेल सकिन ५ मिनेट वाँकी रहदा जितेन्द्र कार्कीले एक मात्र सान्तवना गोल फर्काउन सफल भए ।









0 comments:
Post a Comment