Saturday, 26 September 2015

एमाओवादीका अधिकांश मधेशी नेताद्वारा राजीनामा


Prabhu Sah

काठमाडौं, ९ असोज । एमाओवादीबाट अधिकांश मधेशी नेताले राजीनामा दिएका छन् । डा. बाबुराम भट्टराईसँगै एमाओवादीमा रहेका अन्य प्रभावशाली मधेशी नेताहरुले पनि राजीनामा दिएका हुन् ।
एमाओवादीका पूर्व केन्द्रीय सदस्य रामरिझन यादवले हुलाकी न्यूजसँग कुरा गर्दै आफूसँगै अन्य प्रभावशाली मधेशी नेताहरुले पनि प्रचण्ड नेतृत्वको एमाओवादी परित्याग गरेको बताए । यादवका अनुसार प्रभु साह, रामचन्द्र झा, रामकुमार शर्मालगायतका मधेशी नेताहरुले राजीनामा दिएका छन् ।
यादवका अनुसार आधिकारिक रुपमा राजीनामाको घोषणा केही दिनमै हुनेछ । मौखिक रुपमा आफूहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका यादवले बताए ।
यादवले डा. भट्टराई असोज १२ गते जनकपुर जाने बताएका छन् ।

0 comments:

Post a Comment