०६१ माघमा रुकुमको लावाङमा सम्पन्न माओवादीको पोलिटव्युरो बैठकले भट्टराईलाई पार्टीको साधारण सदस्यमात्र रहनेगरी निलम्बन गरेपछि माओवादीभित्रको विवाद छताछुल्ल भयो ।
‘भारतले बाबुरामलाई प्रधानमन्त्री बनाए सबै समस्या समाधान हुन्छ भनी प्रस्ताव पठाएको छ ।’ प्रचण्डले बाबुरामलाई भारतपरस्तको बिल्ला भिराएको त्यो पहिलोपटक भने थिएन । विगतमा समेत यस्तो आरोपको सामना गरेका बाबुरामले प्रतिक्रिया जनाए, ‘विगतदेखि नै रुढिवादी चिन्तनका मानिसले यस्तो प्रचार चलाएका छन ।कुनै कुराको चित्त बुझेन भने विचारको बहस चलाउनुपर्छ, त्यसरी कसैलाई विदेशी एजेन्टका रूपमा प्रस्तुत गर्नु यो तरिका सही राजनीतिक संस्कार होइन ।’
जनमोर्चाको अध्यक्ष प्रकरणपछि बाबुराम प्रचण्डबीच मतभेद देखियो ०५१ तिर, जनयुद्धको योजना बनाउने क्रममा बाबुरामले सामन्तवादको उदय भएको भूमि गोरखाबाटै जनयुद्धको सुरुवात गर्नुपर्ने प्रस्ताव राखे ।
माओवादी सुप्रिमो प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीचको व्यक्तिगत सम्बन्ध पर्याप्त आरोह–अवरोहले भरिएको छ । पार्टीबाहिर बाबुरामलाई प्रचण्डको ‘सर्वकालीन प्रतिस्पर्धीका रूपमा लिइन्छ र उनीहरूको सम्बन्धमा आउने उतार–चढाव सधै अखबारका ताता समाचार बन्छन् । पार्र्टी्भित्र भने प्रचण्डको एकल वर्चस्व रहदै आएको छ । यी दुईबीच एकता र विवाद भइरहन्छ । तर, नया आधारमा नयाा एकता हुूदै विवाद कहिलेकाहीू ‘विलयवाद’ अन्त्य हुने गरेको आरोपसमेत लाग्छ । माओवादी शान्तिप्रक्रियामा आएलगत्तै प्रचण्डको छायाका रूपमा देखिएका थिए बाबुराम ।
जनसांस्कृतिक महासङ्घको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘भारतले बाबुरामलाई प्रधानमन्त्री बनाए सबै समस्या समाधान हुन्छ भनी प्रस्ताव पठाएको छ ।’ प्रचण्डले बाबुरामलाई भारतपरस्तको बिल्ला भिराएको त्यो पहिलोपटक भने थिएन । विगतमा समेत यस्तो आरोपको सामना गरेका बाबुरामले प्रतिक्रिया जनाए, ‘विगतदेखि नै रुढिवादी चिन्तनका मानिसले यस्तो प्रचार चलाएका छन ।कुनै कुराको चित्त बुझेन भने विचारको बहस चलाउनुपर्छ, त्यसरी कसैलाई विदेशी एजेन्टका रूपमा प्रस्तुत गर्नु यो तरिका सही राजनीतिक संस्कार होइन ।’दुई नेता एक–अर्कामा यति धेरै नजिक थिए कि प्रायस् एकसाथ देखिन्थे, त्यो पनि उस्तै भेषभुषामा । चुनवाङ बैठकमै कसिएको उनीहरूबीचको राजनीतिक सम्बन्धको गाूठो गत वर्षको खरिपाटी भेलासम्म आउूदा झन् बलियो बन्यो । तर, ०६६ पुस १८ को खन्ना गार्मेन्टको एक प्रशिक्षणमा प्रचण्डको विवादास्पद अभिव्यक्तिपछि सम्बन्धमा शीतलहर छायो र पालुङटार विस्तारित बैठक आउदासम्म विचारमा दरार आयो र ‘नोट अफ डिसेन्ट’ राख्ने अवस्था आयो बाबुरामले ।
प्रचण्डले घुमाउरो रूपमा बाबुरामलाई ‘भारत निकट’को उपमा दिएका थिए, जसलाई सहजै पचाउन सकेनन् बाबुरामले ।
प्रचण्डसागै बाबुरामको मात्र होइन किरणको समेत दूरी बढिरहेका बेला ०६७ असार १४ गते माओवादी अध्यक्ष प्रचण्डले निकट ठानेकाहरूले नै ‘घेराबन्दी’ गरेको भन्दै यो काम निकै पीडादायी भएको गुनासो गरे । प्रचण्डले बाहिरी शक्ति र दुस्मनको घेराबन्दी स्वाभाविक भए पनि मित्र भनेकाबाटै घेराबन्दीमा पर्नु बढी पीडादायी भएको टिप्पणी गरे ।
माइला लामाको गीतिएल्बम विमोचनमा ‘राष्ट्रको पक्षमा उभिएर काम गर्न खोज्दा आफ्नै निकटवर्तीले विरोधीको बोलीमा बोली मिलाएर घेराबन्दीमा पार्न खोजेको प्रचण्डको दाबी थियो ।
माइला लामाको गीतिएल्बम विमोचनमा ‘राष्ट्रको पक्षमा उभिएर काम गर्न खोज्दा आफ्नै निकटवर्तीले विरोधीको बोलीमा बोली मिलाएर घेराबन्दीमा पार्न खोजेको प्रचण्डको दाबी थियो ।
तर, कसले यस्तो अवरोध र्पुयाएको हो भन्ने उनले खुलाएका थिएनन् । ‘राष्ट्रियताको मुद्दा उठाउँदा घेराबन्दीमा परियो,’ प्रचण्डले भने । शान्ति र संविधान निर्माणको मुद्दा ओझेलमा पर्दै गएको भन्दै प्रचण्डले त्यसका लागि लामो लडाइा लड्नुपर्ने अवस्था आएको बताए । उनले लडाइाको तयारी अहिलेदेखि गर्न सबैलाई आह्वानसमेत गरे ।
उनको सङ्केत थियो– किरण र बाबुरामबीच बढ्दै गएको सम्बन्ध र आफूलाई कमजोर पार्न थालेकोतर्फ इङ्गित गर्दै प्रचण्डले यसो भनेका थिए । बाबुराम–प्रचण्ड सम्बन्धमा आएको फेरबदललाई प्रचण्डले नयाँ कार्ड फालेको आरोप लाग्यो । बाबुराम–प्रचण्डको विवादले पार्टीलाई माथिदेखि तलसम्म धु्रवीकरण गर्छ । तर, कारण उनीहरूबीचको एकता र सङ्घर्ष माओवादीको जीवनपद्धतिमा महफ्वको हुन्छ ।
उनको सङ्केत थियो– किरण र बाबुरामबीच बढ्दै गएको सम्बन्ध र आफूलाई कमजोर पार्न थालेकोतर्फ इङ्गित गर्दै प्रचण्डले यसो भनेका थिए । बाबुराम–प्रचण्ड सम्बन्धमा आएको फेरबदललाई प्रचण्डले नयाँ कार्ड फालेको आरोप लाग्यो । बाबुराम–प्रचण्डको विवादले पार्टीलाई माथिदेखि तलसम्म धु्रवीकरण गर्छ । तर, कारण उनीहरूबीचको एकता र सङ्घर्ष माओवादीको जीवनपद्धतिमा महफ्वको हुन्छ ।
दुई दशक लामो राजनीतिक यात्रा उतार–चढावमय बन्यो भन्दा फरक पर्दैन । दुई दशक लामो राजनीतिक यात्रामा प्रचण्ड र बाबुरामबीच धेरैपटक यस्ता उतार–चढाव आए ।तत्कालीन मोटो मशालमा थिए प्रचण्ड ०४८ सम्म र पातलो मसालमा थिए बाबुराम । हरिबोल गजुरेलको नेतृत्वमा बाबुरामसहितका नेताले ०४८ मा एकता महाधिवेशनमार्फत पार्टी एकता गरे । बौद्धिक छविका बाबुराम पार्टीमा आएकोमा प्रचण्ड खुसी थिए । तत्कालीन जनमोर्चाका अध्यक्ष बाबुरामको प्रभाव प्रचण्डको भन्दा बढी थियो । त्यसैले प्रचण्डले सम्भवतस् ‘खतरा’ महसुस गरे र बाबुरामलाई जनमोर्चाको अध्यक्षबाट हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाए ।
यी दुई नेताबीचको सम्बन्धमा देखिएको चिसोपना सम्भवतस् पहिलो थियो यो । पम्फाबाट ‘प्रभावकारी’ काम नभएपछि फेरि जनमोर्चाको अध्यक्ष बाबुराम नै भए । मोर्चामार्फत बाबुराम लोकप्रिय बने भन्ने चिन्ता थियो प्रचण्डलाई । तर, पछि प्रचण्ड बाबुराम मिले र ०५२ मा बाबुराम नै जनमोर्चाका अध्यक्ष भए । जनमोर्चाको अध्यक्ष प्रकरणपछि बाबुराम प्रचण्डबीच मतभेद देखियो ०५१ तिर, जनयुद्धको योजना बनाउने क्रममा बाबुरामले सामन्तवादको उदय भएको भूमि गोरखाबाटै जनयुद्धको सुरुवात गर्नुपर्ने प्रस्ताव राखे ।
तर, त्यतिबेला सिज (सिस्ने हिमाल र जलजला पहाड) अभियान चलाएका रामबहादुर थापा ‘बादल’, जसलाई प्रचण्डले साथ दिएका थिए, ले जनयुद्ध रोल्पा–रुकुमबाटै सुरु गर्नुपर्ने अडान राखे । कहाँबाट जनयुद्ध चलाउने ? कुरा मिलेन र पछि गोरखा, सिन्धुली र रोल्पाबाट एकसाथ सुरु भयो जनयुद्ध । जनयुद्धको थालनीदेखि माओवादीको ०५५ भदौमा सम्पन्न चौथो विस्तारित बैठकपूर्वसम्म प्रचण्ड र बाबुरामबीच बलियो एकता देखियो । प्रचण्डलाई किरण र बादलभन्दा बाबुराम राम्रो सहयोगी लागेका थिए । प्रचण्ड–बादल समीकरण बादलमाथि यौन प्रकरणको कारबाहीसागै अन्त्य भएको थियो र त्यो आवश्यकता पूरा गरेको थियो बाबुरामसंगको एकताले ।
तर, त्यस विस्तारिक बैठकमा नेतृत्वलाई स्थापित गर्ने र केन्द्रीकरण गर्ने निर्णयमा बाबुरामले पूर्ण सहमति जनाउन सकेनन् । यसले प्रचण्ड–किरणबीचको सम्बन्ध अलि नजिकियो । पार्टीबाहिर बाबुरामको बढ्दो प्रचार त्यतिबेलासम्मका युद्धकालीन परिवेशमा प्रचण्डलाई मन परेको थिएन । तर, आलोक प्रकरणपछि प्रचण्ड र बाबुरामबीच नयाा एकता देखार्पयो । सुरुमा असहमति राखे पनि पछि बाबुरामले प्रचण्डपथको खुलैरे समर्थन र आफ्नो तहबाट प्रचार पनि गरे । प्रचण्डले यसलाई मन पराए । ०५७ मा प्रचण्ड–बाबुरामको सम्बन्धले किरण केही टाढा देखिए । समीकरण भत्कने र बन्ने जारी नै थियो ।
०५८ मा राजतन्त्रप्रति नरम दृष्टिकोण राख्ने रवीन्द्र र बादलको प्रयासले किरण–प्रचण्डको सम्बन्ध नजिक भयो । बाबुराम–प्रचण्डको सम्बन्धमा केही दूरी बढ्यो । ०६१ भदौमा रोल्पा फुन्टिवाङको माओवादी केन्द्रीय समिति बैठकपछि विवाद पोखिन थाल्यो यी दुई नेताबीच । त्यतिबेला बाबुराम नेतृत्वको संयुक्त क्रान्तिकारी जनपरिषद् र प्रचण्ड नेतृत्वको पार्टी समानान्तर जस्तै भएकोमा प्रचण्डलाई मन परेको थिएन । युद्धकालमा वक्तव्य जारी गर्दा समेत प्रचण्ड र बाबुरामले संयुक्त रूपमा हस्ताक्षर गर्थे, जसले मूल नेतृत्वबारेमा भ्रम पैदा भएको थियो । फुन्टिवाङ बैठकमा बाबुरामले जनपरिषद्को संयोजकबाट राजीनामा गरे ।
तर, अधिकांश केन्द्रीय सदस्यका साथै प्रचण्डले समेत राजीनामा फिर्ता लिन आग्रह गरेपछि बाबुरामले दुई घन्टापछि राजीनामा फिर्ता त लिए, तर त्यो बैठकमा नेतृत्व केन्द्रीकरणसम्बन्धी विवाद टुङ्गो लाग्न सकेन । पार्टी, सेना र मोर्चाप्रमुखमा एउटै व्यक्ति रहनुपर्ने र विचारको केन्द्र प्रचण्ड हुनुपर्ने विषय विवादको केन्द्र थियो । जुनबेला पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसँग हुने वा भारतसँग भन्ने विषयमा माओवादीभित्र अन्तरविरोध चर्कियो, त्यसमा पनि मुख्य पात्र थिए– प्रचण्ड र बाबुराम नै । उतिबेला किरण भारतको जेलमा थिए । प्रचण्डले मुख्य अन्तरविरोध भारतसँग रहेको भन्दै सुरुङयुद्धको घोषणा गर्दा बाबुरामले भारतसँंग सहायक र राजतन्त्रसँग प्रधान अन्तरविरोध रहेको विचार व्यक्त गरेका थिए ।
त्यसपछि बाबुराम पक्षधरले प्रचण्डलाई ‘राजापरस्त’ र प्रचण्ड पक्षधरले बाबुरामलाई ‘भारतपरस्त’को आरोप लगाउन थाले । आरोप–प्रत्यारोपको राजनीति चल्दै गर्दा ०६१ कात्तिक २३ मा बाबुरामले पार्टी्भित्रको गुटबन्दी अन्त्यको माग गर्दै केन्द्रीय स्कुल विभाग र प्रचार तथा प्रकाशन विभागबाट राजीनामासँगै चारबुँदे असहमति पत्र हेडक्वार्टरमा बुझाए । त्यसलगत्तै ०६१ मङ्सिर १५ मा १३ बुादे राजनीतिक बहसका विषय पनि बाबुरामले प्रचण्डलाई थमाए । यसैलाई मुख्य आधार बनाएर बाबुराममाथि कारबाही भयो । पालुङटार विस्तारित बैठकमा बाबुरामले आफूमाथिको कारबाहीको समीक्षा गर्न माग गरे भने प्रचण्डले त्यो अनुशासनको कारबाही भएको भन्दै विचारका आधारमा गरिएको कारबाही भन्ने बाबुरामको दाबीलाई सामान्यीकरण गर्ने कासिस गरे ।
पालुङटार विस्तारित बैठकसम्म आउादा प्रचण्ड–बाबुराम सम्बन्ध एकपटक झनै चिसो भयो ।
प्रचण्ड–किरण समीकरणमा जब विद्रोहको कार्य्दिशा पारित भयो पालुङटार विस्तारित बैठकपछि तब बाबुरामले ‘नोट अफ डिसेन्ट’ लेखे । प्रशिक्षण बहिष्कार गरेकोमा पनि बाबुरामको चर्को आलोचना भयो । तर, ०६८ वैशाखको केन्द्रीय समिति बैठकसम्म आउादा प्रचण्ड–किरण समीकरण भत्किन पुग्यो र जोडिन पुग्यो प्रचण्ड–बाबुराम सम्बन्ध । जब पालुङटारको विद्रोहको कार्य्दिशा परिमार्जन गर्दै यो बैठकले शान्ति र संविधानको कार्र्यिदशा तय र्गयो । आफ्नो सम्भावना हुादाहुँदै झलनाथलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको बाबुरामलाई चित्त बुझेको छैन । त्यतिमात्र होइन, प्रचण्डले प्रधानमन्त्री बन्ने सवालमा सधौा आफूलाई पन्छाउने गरेको तीतो अनुभूति बाबुरामसाग छ । उतार–चढावमय प्रचण्ड र बाबुराम सम्बन्धमा दुवैमा रहेका व्यक्तिगत महफ्वाकाङ्क्षाले चिसोपन थप्दै आएको छ ।
साभार : राताेपाटीबाट








0 comments:
Post a Comment