Sunday, 15 November 2015

बेलायती पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्टुन बनाउँदै यसरी मुर्ख बनाए


काठमाडौँ, २८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुनियाको आँखामा छारो हाल्न खप्पिस नेता मानिन्छन् । उनी एक थोक बोल्ने र अर्को थोक गर्ने नेताको रुपमा परिचित बन्दै गएको भनेर बेलायती मिडियाहरुले उनको आलोचना समेत गरेका छन् ।



यद्यपी बेलायती सरकारले भने तामझमका साथ मोदीको बेलायतमा स्वागत गरेको थियो तर बेलायती मिडियाले भने भारत, मोदी र बेलायतको पुरानो इतिहाँस खोतल्दै मोदीमाथि गहिरो व्यग्य प्रहार गरेका छन् । बेलायतका प्राय जसो समाचार पत्रिकाहरुले नरेन्द्र मोदीको बिगत कोट्याउँदै उनीमाथी कुनै सहानुभुति दर्शाएनन्।
द देलिग्राफले मोदी र ब्रिटिश प्रधानमन्त्रीको ठुलो फोटो राख्दै उनी प्रति नै प्रहार गरेको छ । द टाइम्सले पनि मोदी माथी नै जाइ लाग्दै प्रहार गरेको छ । त्यस्तै इन्डेपेनडेन्ट डेलीले एक आक्रामक कार्टुन छापेको छ ।
जस्ले थप आक्रामक रुपमा बिझाउने गरी मोदीलाई झापड हानेको छ। कार्टुनमा मोदीले भन्छन, टिका ?  उप्स, यो त मात्र मेरो हातमा भएको रगतको दाग हो।’ कार्टुनले मोदी माथि लागेको कुन आरोप प्रष्ट्याउन खोजेको हो चाहिने भन्दा बढि प्रष्ट छ। एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment