२ मंसिर, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तराईमा सेना परिचालन गर्नु पर्ने बताएका छन् ।
जनताबाट पराजित भएका जमिन्दारहरुले तराई मधेसमा आन्दोलन गरेको र भारतबाट आएका गुण्डाहरुले तराई मधेसका नेपाली जनतालाई दुःख दिएको उनको आरोप छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा विजुक्छेले भने- तराई क्षेत्रबाट हटाइएको प्रहरी चौकीको विस्तार गर्नुपर्छ र नेपाली सैनिकको समेत परिचालन गर्नुपर्छ ।’
नेमकिपा अध्यक्ष बिजुक्छेले मधेस आन्दोलनका नेतृत्वसँग हुने वार्ता नेपालका लागि घातक सावित हुने दाबी गरे । देशका नदी नाला दिनुभन्दा वार्ता असफल भएको र संर्घषलाई निरन्तरता दिनु नै जाति हुने बताए ।
विजक्छेले एमाओवादी अध्यक्ष प्रचण्ड नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा रहेको बताए । प्रधानमन्त्री बनेका प्रचण्ड र बाबुरामले के काम गरे समिक्षा गर्नु पर्ने भन्दै उनले भने, सिंहदरवारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरु नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्यांकन र समिक्षा गर्नुपर्छ ।’ अनलाइनखबर बाट साभार ।









0 comments:
Post a Comment