२७ कात्तिक, काठमाण्डौ । सामान्यतयाः जुन मुलुकमा गए पनि न्यानो स्वागत पाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जारी बेलायत भ्रमण भने बिर्सनलायक बन्यो । लण्डन अबतरण गरेर प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटन नपुग्दै हजारौं मानिसले सडकमा उत्रिएर मोदीको बिरोध प्रर्दशन गरे । त्यसमा सवैभन्दा अगाडी थिए नेपाली, त्यसपछि गुजराती र शिख समुदाय ।
नेपालमाथि गरिएको नाकाबन्दीबाट आक्रोशित लण्डनबासी नेपालीले ठूलो संख्यामा उपस्थीत भएर प्रर्दशन गरे । बेलायती पश्चिमा मिडियाले यसलाई निकै राम्रो स्थान दिए । सन् २००२ को गुजरात हिंसा र शिख समुदायमाथि भएको दमनको बिरोधमा भारतीय नागरिकहरु पनि लण्डनमा बिरोध प्रर्दशनमा उत्रिए । यी बिरोधलाई छल्दै बेलायती उच्च अधिकारीसँग छलफल र संसदमा सम्बोधन गरेका मोदीलाई नमिठो स्थिति त्यतिबेला आयो जब संसारभरका संचारकर्मी उपस्थित पत्रकार सम्मेलनमा बेलायती सरकारी संचारमाध्यम बीबीसीका पत्रकारले मोदी असहिष्णु बनेकोबारे प्रश्न सोधे । मुस्लिम समुदायमाथि भएको थिचोमिचो र गाइ खाएको अभियोगमा मुस्लिमको हत्या गरिएको घटनालाई उदृत गर्दै बीबीसीका पत्रकारले सोधे- भारत किन यति धेरै असहिष्णु मुलुक बनेको ? यो प्रश्न मोदीका लागि अनपेक्षित थियो ।
तर, उनी प्रधानमन्त्री हुने अबस्था आएसँगै अमेरिका र बेलायत दुवैले उनलाई भेटेर स्वागत गर्न तयार रहेको बताएका थिए । यी दुई घटनामात्रै हैन, भारतमा जारी असहिष्णुताको मुद्दाका कारण पनि मोदीलाई अप्ठेरो परिरहेको छ । बेलायती मिडियाहरुले मोदीलाई ‘ग्लोरीफाई’ नगरी उनका अपराधहरुबारे पनि कुरा गर्न थालेका छन् । जसले गर्दा उनको भ्रमणमा ओझेल परेको छ । –डीएनए र क्याच न्यूजको सहयोगमा









0 comments:
Post a Comment