पार्टीको भ्रातृ संगठन युवा संघको केन्द्रीय कमिटी बैठकको शनिबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमतीय सरकार गठन हुन नदिन चलखेल बढेको भन्दै बहुमतीय प्रक्रियाभित्र सहमति खोजिने बताए ।
उनले दलहरुबीच सहमतिका आधारमा सरकार गठन गर्न अधिकतम् प्रयास गरिए पनि सम्भव नहुने स्पस्ट पारे ।
एमाले अध्यक्ष ओलीले दलहरुबीच भएको सहमतिअनुसार असोज २४ गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने बताए ।
भारतसँगको असहमति धेरै दिन नरहने भन्दै उनले विभिन्न समयमा भएका सन्धि–सम्झौताका कारण असमझदारीको चाँडै अन्त्य हुने दाबी गरे ।
अध्यक्ष ओलीले संविधान बनेकोमा सबै नेपालीले खुसियाली मनाउन नपाएकोमा चिन्ता व्यक्त गरे ।
युवा संघको केन्द्रीय कमिटी बैठकले हालसम्मको कार्यसमीक्षा गर्दै नेतृत्व हस्तान्तरण गर्ने तय गरेको छ ।








0 comments:
Post a Comment