Friday, 2 October 2015

कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय ?




असोज १५, काठमाडौं ।  यतिखेर सामाजिक सञ्जाल फेसबुकमा नेपालको राष्ट्रिय झण्डाको फोटो राख्ने होडबाजी चलेको पाईन्छ । देश बिदेशमा छरिएर रहेका नेपाली फेसबुक प्रयोगकर्ताहरुमा नेपाली मन झल्किएको पाईन्छ । एसरी आफ्नो तस्बिर सहित नेपाली झण्डा फेसबुकको प्रोफाईलमा राख्ने एप्लिकेशन आएको जम्मा २ दिन मात्र भएको छ । छोटो समयमै फेसबुकमा निकै चलेको यो एप्लिकेशन पछिल्लो समय नेपालको स्थितीबाट आफुले पनि नेपाली पन झल्किएको बताउन चाहानेहरु प्रोफाईल फोटो चेन्ज गर्ने धेरै छन् । यो एप्लिेकेशन ले एक दिनमै २२ हजार लाइक्स पाईसकेको थियो ।

subhas pathakकसले बनाएको हो यो एप्लिकेशन ?
नेपालको झण्डामा आफुले चाहेको तस्बिर राख्न सक्ने यो एप्लिकेशन नेपालका २० बर्षिय सुवास पाठकले बनाएका हुन् । उनी एक सफ्टवेयर डेभ्लपर हुन्। अहिले भइरहेको नेपालको स्थितिमा राष्ट्रियता झल्काउन फोटोसपका मद्दतले उनले आफ्नो प्रोफाइल फोटोमा नेपालको झण्डा राखेको थिए। सबै साथीहरुले पनि फोटोसपका मद्दतले आफ्नो प्रोफाइल फोटोमा पनि नेपालको झण्डा राख्न उनलाई आग्रह गरे । त्यसपछि उनलाई आग्रह गर्ने साथीहरु बढ्दै गएपछि एक एप्लिकेसन बनाउने सोंच आएर २ घण्टा भित्रै यो एप्लिकेशन बनाएको बताउँछन् । यति छोटो समयमै यति धेरै लोकप्रिय हुन्छ होला भन्न नसोचेको उनले बताउँछन् ।
हाल यो गुगल क्रोम र मोेजिला फायरफक्समा उपलब्ध रहेको छ।
कसरी राख्ने आफ्नो तस्बिर नेपाली झण्डा भित्र ?१. सर्बप्रथम आफ्नो कम्प्युटरको इन्टरनेट ब्राउजर (Google Chrome अथवा Mozilla Firefox) मा जानुहोस ।
२. वेवसाईट राख्ने ठाउँमा http://images.janaklabs.com/ राख्नुहोस र अगाडि बढ्नुहोस् ।
३. त्यसपछि Nepali Flag Watermark लेखेको पेज खुल्नेछ । त्यहाँ देखिएको Choose File मा क्लिक गर्नुहोस् र आफुले चाहेको तस्बिर राख्नुहोस् ।
४. त्यसपछि Upload मा क्लिक गर्नुहोस् ।
साथै फेसबुमा भएको प्रोफाईल फोटोलाई डाईरेक्ट नेपाली झण्डा भित्र राख्न सक्नुहुनेछ ।
१. http://sundar-nepal.subash.me/ मा गएर Create from Facebook मा क्लिक गर्नुहोस् । आफ्नो तस्बिर सँगै नेपाली झण्डा देख्न सक्नुहुनेछ । साथै उक्त तस्बिरलाई Download मा क्लिक गरेर आफ्नो कम्प्युटरमा सेभ गर्न सक्नुहुनेछ।




0 comments:

Post a Comment