काठमाडौं, असोज १४ । २ करोड ६२ लाखभन्दा बढी रकमसहित हुन्डी कारोबार गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी विहीबार राजश्व अनुसन्धान विभागमा पठाएको छ ।
काठमाडौं उपत्यकाभित्र विभिन्न मनी एक्चेन्ज तथा ट्राभल एजेन्सीबाट अवैध रुपमा हुन्डीको कारोबार गर्ने

न्यूरोडका मिलापचन्द जैन, नुवाकोटका राजाराम पाण्डे, ठैहिटीका राकेश वैद्य, मुस्ताङका किरण कुमार गुरुङ, कास्कीका नवराज गुरुङ, सुन्धाराका जेवाल हक, न्यूरोडका केशरीचन्द कचेरिया, भारतीय नागरिक नन्दुकुमार मर्गले, महितोस सेनापति, न्यूरोडका रविन्द्र सुवेदी र पृश्वीबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
जेवाल हकको साथबाट ७ सय ११ यूएस डलर तथा मरगले र सेनापतिको साथबाट सुन र चाँदीहरुसमेत प्रहरीले बरामद गरेको छ ।
यस्तै, सामाजिक सद्भाव भड्काउने किसिमको सन्देश सामाजिक सन्जाल फेसबुकमार्फत् सम्प्रेषण गर्ने मोरङका विजय अधिकारीलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

0 comments:
Post a Comment