काठमाडौं, १२ कात्तिक–नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथग्रहण सम्पन्न भएको छ । शितलनिवासका आयोजित विशेष समारोहकावीच राष्ट्रपति भण्डारीलाई सर्वोच्च अदालतका प्रधानन्यायधीश कल्याण श्रेष्ठले सपथ दिलाएका हुन् ।
विशेष रुपले सजाइएको मञ्चमा राष्ट्रपतिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति डा.रामवरण यादव,प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा मन्त्रीहरु,पूर्व प्रधानमन्त्रीहरु नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरु,संवैधानिक अंगका पदाधिकारीहरु,नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरु,सुरक्षा निकायका प्रमुख सहित उच्च अधिकारी लगायत लगायतको उपस्थिति थियो ।
सपथग्रहण वाचनपश्चात राष्ट्रपति भण्डारीले सपथपत्रमा हस्ताक्षर गरेकी थिइन । सपथ लगायत सबै उच्च पदाधिकारीहरुको परिचय तथा बधाई कार्यक्रम भएको थियो ।
निर्वतमान राष्ट्रपति डा.रामवरण यादवले नवनिर्वाचित राष्ट्रपतिलाई कुर्सी हस्तान्तरण गरेर मञ्चबाट विदाई भएका थिए । शुभकामना,बधाई र परिचयको कार्यक्रम पश्चात राष्ट्रपति कार्यालयले चियापान कार्यक्रम आयोजना गरेको छ । त्यसपछि भण्डारीले आजै राष्ट्रपति कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । आजै अपरान्ह पाँंच बजे निवर्तमान राष्ट्रपति यादवको विशेष कार्यक्रमका वीच विदाई गरिने भएको छ । निवर्तमान राष्ट्रपति यादव शितलनिवासबाट ललितपुरको बागडोलस्थित सरकारले व्यवस्थापन गरेको निवासमा सर्ने भएका छन् ।

0 comments:
Post a Comment