संविधान सभाले संविधान जारी गरेलगत्तै भारतले मेचीदेखि महाकालीसम्मका नाकाबाट पेट्रोलियम लगायत सामान नेपाल आउन नदिएपछि आम जनजीवन कष्टकर बन्दै गइरहेको छ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भारतको अघोषित नाकाबन्दी खुलाउन सक्दो चाँडो आन्दोलनरत मधेसी दलहरुसँग वार्ता गरेर सहमतिमा पुर्याउन आवश्यक भएको बताएका छन्।
‘मधेसीहरू र भारतसँग टु ट्रयाक एप्रोचमा कुरा गरेर मात्र समस्या समाधान खोज्न सकिन्छ,’ कान्तिपुर एफएमको अन्तरवार्तामा थापाले भने, ‘घरभित्रको झगडा र मधेसको असन्तुष्टि पहिला संवोधन गर्न सक्यौं भने मात्र हामी अरुसँग कुरा गर्न सक्छौं।’
उनले केहि दिनदेख भारतबाट अत्यावस्यकीय वस्तुसमेत नेपालमा आपूर्ति नहुनुनुलाई बाह्य र आन्तरिक कारणको संयुक्त नतिजा भएको बताए। क्याबिनेट मन्त्री रहेका थापाले सरकारले अहिलेसम्म मधेसका आन्दोलनकारीहरुसँग सिरियस्ली (गम्भीर रुपमा) वार्तामा नबसेको आरोप लगाएका छन्।
‘मलाई सरकार सिरियस्ली बार्तामा बसेजस्तो लागेन,’ उनले भने, ‘सरकारले मधेसी दललाई दुईचोटी वार्तामा डाके पनि रोडम्याप दिएर बोलाइएको छैन।’ उनले रोडम्याप (मार्गचित्र) सहित बार्तामा बसेमा निश्कर्षमा पुग्न सकिने दाबी गरेका छन्।
भारतले नेपालमा आन्तरिक कारणले उत्पन्न सुरक्षाको परिस्थितिका कारण सामान रोकेर राखेको धारणा थापाले व्यक्त गरे। ‘चालीस दिन दिनभरि अवरोध थियो, बडो कठीनाइका साथ रातभर रातभर गरेर स्कर्टिङमा सामानहरु ल्यायौं,’ मन्त्रीले भने, ‘संविधान जारी हुनु केहि दिन अघिदेखि आन्दोलनकारीहरु दशगजामा रातभरि मानव साङ्लो बनाएर बसेको अवस्था छ ।’
थापा भोलि (मंगलबार) ‘साउथ एसिया इकोनोमिक कनक्लेभ’ मा भाग लिन भारत भ्रमणमा जान लागका छन्। ‘यो अघोषित नाकाबन्दीबारे भारतका वाणिज्यमन्त्रीसँगको भेटमा कुरा उठाउँछु,’ उनले भने, ‘राजनीतिक भेटघाट मिलाउन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई भनिसकेको छु।’
संयुक्त राष्ट्रसंघीय सेवामा लामो समय जागिर खाएका थापा पिता स्वर्गीय सूर्यबहादुर थापाको विरासतमा सांसद् र मन्त्री भएका हुन्। स्वर्गीय थापा भारतीय संस्थापनले सधैजसो रुचाएको नेपालका शीर्ष नेता मनिन्थे।
सीमामा भारतीय प्रशासनिक अवरोधपछि केहि दिनदेखि इन्धनको आपूर्ति समेत लगभग ठप्प छ। इन्धन फारु गर्न सोमबारदेखि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी मात्र चलाउन पाउने गरि आलोपालो प्रणाली लागू गरेको छ।
‘जोर, बिजोरले प्रणालीले हप्ता दिन पेट्रोलियम धान्न सक्ला भन्ने अनुमान हामीले गरेका छौं,’ थापाले भने।








0 comments:
Post a Comment