हाम्रो डेराको छतमा सिरक सुकाउँदा उसको छतमा घाम छेकियो भन्ने उसको तर्क थियो । यस्तो लाग्थ्यो, मधेसीलाई हेपेरै बोल्नु र व्यवहार गर्नुपर्छ भन्ने काठमाडौंको निष्कर्ष छ । एक दिन हामी सिरकको खोल सिलाउन कुपण्डोल हनुमानथान गयौँ । अलिकति फाटेको सिलाउन सुचीकारले २० रुपैयाँ माग्यो । शिवरामले १० रुपैयाँ लिनुस् भनेको के थियो, ‘तिमी मधेसीहरू सधैँ किचकिच गर्छौ’ भन्दै सुचीकारले हपारे ।
सपनाको सहर सप्तरीको गोइठी गाउँमा हुर्केको मैले डिमन स्कुलबाट ०४४ सालमा तेस्रो श्रेणीमा एसएलसी पास गरेँ । निराश हुँदै बाबाले मैथिलीमा सोध्नुभयो, ‘यो थर्ड डिभिजनमा पास गरेर के गर्न सक्छौ र तिमी ?’ मैले जवाफ दिएँ, “‘फस्ट डिभिजन नै आएको भए पनि के हुन्थ्यो र ? पढाइ त बाँकी नै छ नि ।’ बाबाले भन्नुभयो, “फस्ट डिभिजन आएको भए डाक्टर कि इन्जिनियर हुन्थ्यौ, अब मास्टरभन्दा नहुने भयौ ।’
त्यतिवेला हाम्रो टोलमा सबैभन्दा बढी पढेलेखेका महेश काका काठमाडौंको अमृत साइन्स कलेजमा बिएस्सी पढ्दै हुनुहुन्थ्यो । एसएलसीको रिजल्ट आएको केही दिनपछि उहाँ गाउँमा आएका वेला मैले सोधेँ, “‘काका, कुन कलेजमा के विषय पढे इन्जिनियर बनिन्छ ?’ ‘थर्ड डिभिजनले त नेपालको कुन कलेजमा आइएस्सीमा भर्ना नै पाइएला र ?’ उहाँले मलाई निराश बनाउँदै भन्नुभयो, “विहारबाट आइएस्सी पढेर पनि इन्जिनियर बन्न गाह्रो छ । नेपालको कुनै कलेजबाट आइएस्सी पास गर्न सक्यौ भने सम्भावना हुन्छ ।’ नेपालमा एक मात्र इन्जिनियरिङ कलेज पुल्चोकमा छ भन्ने पनि काकाबाटै थाहा पाएँ । बाबाको निराशा देखेर म विचलित भएको थिएँ । मलाई इन्जिनियर बन्नु थियो । केही दिनपछि काकासँग म काठमाडौं आएँ ।
राम्ररी नेपाली बोल्न नजान्ने म मधेसीका लागि काठमाडौं सपनाको सहर थियो । गोइठी र काठमाडौंको कुनै तुलना थिएन । ठूला घर, फराकिला सडक र यति धेरै सवारी देखेर म रोमाञ्चित भएँ । मैले पहिलोपटक शौचालय प्रयोग गरेको पनि काठमाडौंमै हो । त्यतिखेर भर्ना खुलिसकेको थिएन । काकाको बालाजुको डेरामा केही दिन बिताएपछि आमाको याद आउन थाल्यो । म जनकपुर हुँदै घर फर्किने भएँ । जनकपुरमा काकाको साथी शोभित काका हुनुहुन्थ्यो ।
एक–दुई दिन बस्दा मलाई काठमाडौंभन्दा जनकपुरले बढी आकर्षित गर्यो किनकि भाषा र परिवेशले त्यो नजिक थियो । तर, त्यस वर्ष जनकपुर कलेजमा भर्ना नपाएपछि सिरहा गएर पढेँ । तर, अर्को वर्ष फेरि जनकपुर फर्केर आइएस्सी भर्ना भएँ ।
०४८ सालमा आइएस्सी पास भएपछि म दोस्रोपटक काठमाडौं आएँ । त्रिचन्द्रदेखि पुल्चोकसम्म ०४८ सालमा पुल्चोक इन्जिनियरिङ कलेजमा बिईका लागि प्रवेश परीक्षामा म असफल भएँ र जनकपुरै फर्कें । फेरि त्रिचन्द्रमा बिएस्सीको भर्ना खुलेपछि काठमाडौं आएँ । जनकपुरमा सँगै आइएस्सी पढेका सिन्धुलीका मित्र दीपक पौडेलसँगै मैतिदेवीमा बस्थेँ । त्रिचन्द्रको चौरमा आएर बस्ने र भर्नाको जुगाड लगाउनेबाहेक अरू काम थिएन । आइएस्सीमा मैले ल्याएको सेकेन्ड डिभिजनले त्रिचन्द्रमा भर्ना पाउन कठिन थियो । जनकपुर हुँदा म नेविसंघको राजनीतिमा राम्रै घुलेको थिएँ । त्यही परिचय दिएर स्ववियुमार्फत भर्नाको प्रयासमा लागेँ ।
दुई–तीनजनाको ठाउँको ठाउँ मृत्यु भयो । मेरो टाउको र खुट्टामा चोट लाग्यो । जसोतसो बिहान १० बजेतिर गाउँ पुग्दा पूरै बस्ती खरानी भएको दृश्यले विचलित तुल्यायो । आमाको खुट्टामा नराम्रो गरी चोट लागेको थियो ।
सुरेन्द्र पाण्डे स्ववियु सभापति हुनुहुन्थ्यो तर उहाँको पढाइ सकिसकेको हुनाले स्ववियु निष्क्रिय थियो । तनहुँका अग्ला र फरासिला शंकर भण्डारी चिने–नचिनेका जोसँग पनि हात मिलाउँदै, जय नेपाल गर्दै बाआमाको हालखबरसम्म सोध्न भ्याउँथे । तीमध्ये कतिका बाआमा बितिसकेका हुन्थे । म त्रिचन्द्रमा भर्ना पाउन शंकर भण्डारीको सहयोग चाहन्थेँ । तर, विनाकुनै भनसुन अन्तिम सूचीमा भूगर्भ विषयमा भर्ना पाएँ । तर, बिएस्सी पढ्नु मेरो उद्देश्य थिएन । लक्ष्य पुल्चोक कलेज थियो । यता बिएस्सी पनि पढ्ने र उता वर्षैपिच्छे पुल्चोकमा प्रवेश परीक्षा पनि दिने गरेँ । तर, यता बिएस्सी पास भइसक्दा पनि पुल्चोकमा नाम निस्केन । अब इन्जिनियर बन्न सकिएन भनेर अर्थशास्त्रमा एमए पढ्ने निष्कर्षमा पुगेकै वेला त्रिचन्द्रको चौरमा जनकपुरका अजय झासँग भेट भयो ।
त्यतिवेला गोरखापत्रमा छापिइरहने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा. रामशरण महतको अन्तर्वाता र फोटो देखेर मलाई अर्थशास्त्री बन्नु पनि गजबै रहेछ भन्ने लागेको थियो । इन्जिनियर बन्न नसकेपछि अर्थशास्त्री बन्नुपर्छ भनेर त्यो विषय रोजेको थिएँ । तर, अजयले एकपटक फेरि पुल्चोकमा परीक्षा दिने सल्लाह दिनुभयो । वर्ष र समयभन्दा पनि उद्देश्य महत्त्वपूर्ण हुन्छ, हिम्मत नहार भनेर सम्झाउनुभयो । कीर्तिपुरमा एमएको भर्ना फारम भरेर मन नलागी नलागी पुल्चोकमा पनि अन्तिमपटक भन्दै इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी भएँ । उता कीर्तिपुरमा एमए अर्थशास्त्रमा नाम निस्कियो ।
हाम्रो डेराछेउको छिमेकी घाम तापेर बसेको थियो । हामी मूल बाटोमा निस्कन उसको घरअगाडिबाट हिँड्नुपथ्र्यो । छेउमा ठूलो खाली चौर थियो । बाबाले खाली ठाउँ देखेर अलि पर कुनामा पिसाब फेर्न बसिहाल्नुभयो । हामी अलि अगाडि बढेर पर्खिंदै थियौँ, बाबा आत्तिँदै र दौडँदै आउनुभयो । के भयो भनेर सोध्दा ‘त्यो मान्छेले त मलाई ढुंगाले हिर्कायो’ भन्नुभयो ।
कीर्तिपुरमा भर्ना भएर फर्किंदै गर्दा थापाथली पुलमा एकजना साथीले भन्यो, तिम्रो नाम बिई सिभिलमा निस्केछ । बाबालाई सुनाइहाल्न मन थियो तर फोन कहाँ थियो र गाउँमा ? पढाइसँगै संघर्ष केही महिनापछि म डिमनकै शिवराम यादवसँग कुपण्डोलको गुसिंगालमा डेरा सरेँ । शिवराम अखिलको विद्यार्थी राजनीतिमा सक्रिय थिए, म नेविसंघमा । मलाई गणित सबैभन्दा गाह्रो विषय लाग्थ्यो । हिसाब सिक्नभन्दा घोक्नमै बढी बल गरिन्थ्यो । ०४९ सालमा महेन्द्र यादवको सिफारिसमा म त्रिचन्द्रको स्ववियु निर्वाचनमा नेविसंघतर्फबाट सदस्यको उम्मेदवार भएँ । नेविसंघको प्यानल नै विजयी भयो ।
बाहिरबाट आउने धेरै साथी होम ट्युसन गरेर धेरथोर खर्च जुटाउँथे । भर्खर–भर्खर छापिन थालेको ‘कान्तिपुर’मा दुई रुपैयाँ प्रतिशब्दमा वर्गीकृत विज्ञापन छापिन्थ्यो । मैले पनि एकजना चिनेको मान्छेको फोन नम्बर हालेर “घरमै गएर ट्युसन पढाउने शिक्षक चाहिएमा’ भन्ने विज्ञापन दिएँ । बालाजु र सानेपाबाट ट्युसन पढाउने अफर आयो । बालाजुमा यतिखेर हिमाल किताबका मालिक वसन्त थापा र सानेपामा चन्द्र गुरुङको घरका केटाकेटीलाई केही महिना ट्युसन पनि पढाएँ । ०५१ सालमा पुल्चोकमा बिई ९सिभिल० मा भर्ना पाएपछि म उमंगमा थिएँ । त्यतिन्जेल भाइ पनि एसएलसी पास गरेर अमृत साइन्स कलेजमा आइएस्सी पढ्न थालेको थियो । खर्च धान्न बाआमालाई गाह्रो थियो ।
यसै वेला ०५१ चैत २१ मा गाउँमा आगलागी भएको खबर आयो । आफ्नो घर पनि पूरै खरानी भएको थियो । बिई प्रथम वर्षको जाँच चलिरहेको थियो । तैपनि म घर गएँ । रात्रिसेवाको बस चढेर जाँदै थिएँ । भारदह पुग्नुभन्दा १० किमि वरै कञ्चनपुरमा दुर्घटनामा परियो । दुई–तीनजनाको ठाउँको ठाउँ मृत्यु भयो । मेरो टाउको र खुट्टामा चोट लाग्यो । जसोतसो बिहान १० बजेतिर गाउँ पुग्दा पूरै बस्ती खरानी भएको दृश्यले विचलित तुल्यायो । आमाको खुट्टामा नराम्रो गरी चोट लागेको थियो । उहाँ थला परेजस्तै हुनुहुन्थ्यो । उता बाबा रुँदै हुनुहुन्थ्यो । गाउँभरिका मानिस चैतको गर्मीमा रुखमुनि बास बसेको दृश्य कारुणिक थियो । आगलागीपछि हाम्रो पूरै परिवार चरम आर्थिक संकटमा फस्यो र अरू १५ वर्षसम्म फसिरह्यो । काठमाडौं फर्केपछि फेरि ट्युसनको खोजीमा लागेँ ।
पुल्चोक क्याम्पसछेउ कृष्णगल्लीमा बद्रीविक्रम थापाको नातिलाई पढाएर महिनाको दुई हजार आय गरेँ । प्रायस् बिहानै ६ देखि ७ बजेसम्म पढाउँथेँ । सधैँभरि मिठो चिया पनि खान पाइन्थ्यो । मेरो बिईको पढाइ थापा परिवारकै पैसाबाट चलेको थियो । स्वर्गीय बद्रीविक्रम थापाको पारिवारिक सदस्यको व्यवहार अतुलनीय छ । अहिले पनि आवतजावत छ । मलाई समस्या परेका वेला अहिले पनि सरसापटको सुविधा उपलब्ध छ । मेरो बिईको पढाइ राम्रो भएन । गणित विषय मलाई कठिन लाग्थ्यो तर बिईमा सबै विषय गणितमा आधारित थियो । भर्ना भएकै वर्ष पुल्चोकको स्ववियुमा नेविसंघको लज्जाजनक हार भएको थियो । साथीभाइको आग्रहमा एकाइ अध्यक्ष भएँ । दुई वर्षपछिको स्ववियुमा नेविसंघ अत्यधिक मतले जितेको यश पनि मलाई आएको थियो । राजनीतिमा सफल भए पनि अध्ययनमा अब्बल हुन सकिएन, जसले मेरो पेसागत जीवनको बाटो मोडिदियो- पत्रकारिता र अनुसन्धान
चिरञ्जीवी वाग्लेका छोरा हर्ताकर्ता थिए । कताकताबाट महेन्द्र यादवसँग भेट भयो । उहाँले मन्त्रीपुत्रलाई भन्न लगाउनुभयो । उता झापाका साथी विष्णु खरेलले चक्र बास्तोलामार्फत पनि प्रदीप आचार्यलाई भन्न लगाउनुभएको थियो । चारैतिरको फोनबाट मैले सिंहदरबार पुनर्निर्माण शाखामा दैनिक ज्यालादारीमा इन्जिनियरको जागिर पाएँ ।
१२ वैशाख ०५८ मा तरुण पौडेलले फोनमा सोध्नुभयो, ‘के गर्दै हुनुहुन्छ ?’ ‘आज बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा इन्जिनियरहरूको राष्ट्रिय सम्मेलन भइरहेको छ, १५ सय रुपैयाँ दर्ता शुल्क तिर्ने पैसा नभएर घरमै बसिरहेको छु, मैले जवाफ दिएँ ।’ इन्जिनियरको जागिर पाउन कठिन थियो । घरखर्च चलाउन झनै गाह्रो । तरुणले ‘स्पेसटाइममा पत्रकारिता गर्नुहुन्छ त ?’ भनी सोध्नुभयो । ‘पत्रकारिता त के, जे पनि गर्छु । काम पाउनुपर्यो नि’ मैले भनँे । उहाँले भोलिपल्टै साँझ ५ बजे स्पेसटाइमको कार्यालय लाजिम्पाटमा भेटौँ भन्नुभयो । त्यतिवेला उहाँ स्पेसटाइम पत्रिकाको समाचार संयोजक हुनुहुन्थ्यो ।
म पुल्चोक पढ्दा तरुणजी विश्वभाषा क्याम्पसको नेविसंघको नेता हुनुहुन्थ्यो । नेपाल जागरण पत्रिकामा पनि काम गर्नुहुन्थ्यो । मैले कहिलेकाहीँ लेख दिँदा उहाँले नेपाल जागरणमा छापिदिनुहुन्थ्यो । पछि ०५५ सालतिर जेपी गुप्ता सञ्चारमन्त्री हुँदा ६ महिनाका लागि म उहाँको पिए भएको थिएँ । त्यतिवेला स्याङ्जामा तरुणजीको घरमा फोन जडान गर्न सघाएको थिएँ । त्यसले पनि होला, वैशाख १३ गते उहाँलाई भेट्न जाँदा स्पेसटाइम पत्रिकामा मेरो संवाददाताको नियुक्ति–पत्र तयार थियो । ०५८ वैशाख १५ देखि जलस्रोत र अन्य विकासे विषयको बिटमा पत्रकारिता थालियो ।
पत्रकारिताका क्रममा भौतिक योजना मन्त्रालयका सचिव दिनेशचन्द्र प्याकुरेलसँग चिनजान भयो । सिंहदरबारमा पुनर्निर्माण शाखामा एक इन्जिनियरको सिट खाली भएको जानकारी भएपछि मैले सचिव प्याकुरेललाई जागिरका लागि फेरि आग्रह गरेँ । मन्त्री चिरञ्जीवी वाग्ले हुनुहुन्थ्यो । शाखाको हाकिम शैलजा आचार्यको भाइ प्रदीप आचार्य हुनुहुन्थ्यो । सचिवले भन्नुभयो, ‘एकपटक कसैगरी मन्त्रीलाई भन्न लगाउनुस्, म जसरी पनि गरिदिन्छु । मैले आफ्नै मनले गरेँ भने मन्त्रीले थप चारजनालाई भर्ना गरिदिन्छन् ।’ चिरञ्जीवी वाग्लेका छोरा हर्ताकर्ता थिए । कताकताबाट महेन्द्र यादवसँग भेट भयो । उहाँले मन्त्रीपुत्रलाई भन्न लगाउनुभयो । उता झापाका साथी विष्णु खरेलले चक्र बास्तोलामार्फत पनि प्रदीप आचार्यलाई भन्न लगाउनुभएको थियो । चारैतिरको फोनबाट मैले सिंहदरबार पुनर्निर्माण शाखामा दैनिक ज्यालादारीमा इन्जिनियरको जागिर पाएँ । अफिसमा खासै काम दिइँदैन थियो । ज्यालादारी कर्मचारीलाई सौताको व्यवहार गरिन्थ्यो । काम खासै हँुदैनथ्यो । दिनभरि रिर्पोटिङका क्रममा हिँड्थेँ । यो क्रम तीन वर्षसम्म चल्यो ।
सचिव फेरिएपछि सिंहदरबारको जागिर गयो । व्यवस्थापनले तलब दिन बन्द गरेपछि ०६०र६१ तिर स्पेसटाइमको जागिर पनि छोडियो । त्यसपछि केही दिन डा। द्वारिकानाथ ढुंगेलसँग नेपाल–भारत जलस्रोत सम्बन्ध विषयक अनुसन्धानमा काम पाइयो । केही सातापछि नै मेलम्ची आयोजनामा एडिबीका तर्फबाट अर्को एक काममा खटियो । १५ महिनासम्म मेलम्चीमा काम गरियो । मासिक तलब एक लाखको हाराहारीमा थियो । त्यसपछि लगभग एक वर्ष अजय दीक्षितसँग काम गर्ने अवसर जुर्यो ।
०६३ सालको मधेस विद्रोहताका अजय दीक्षितसँगै काम गर्दै थिएँ । विद्रोह चलिरहँदा नेपाल साप्ताहिकमा ‘मधेसको सन्देश’ शीर्षकमा मेरो लेख छापियो । राष्ट्रियस्तरको कुनै पत्रिकामा मधेससम्बन्धी छापिएको त्यो मेरो पहिलो लेख थियो । केही दिनपछि अरू दैनिकमा पनि मेरा लेख छापिन थाले । पत्रकारितामा ल्याउने तरुणजी र मधेससम्बन्धी लेख प्रकाशित गरिदिने मित्र प्रशान्त अर्यालको म आभारी छु ।
विभेदको पीडा काठमाडांैमा मधेसीसँग धेरै दुव्र्यवहार हुन्छ भन्ने जनकपुरमै सुनेको थिएँ । काठमाडौंमा बसपार्कबाट निस्कँदा–ननिस्कँदै दुव्र्यवहार सुरु हुन्थ्यो । कतिपय घरमालिकले पनि त्यसो गर्थे । सार्वजनिक यातायात र स्थलमा दुव्र्यवहार खप्नुपथ्र्यो । कोठा सरेको पाँच दिनमै छेउको कोठाको केटाले थर्काएपछि डराएर अन्त सरेको आफ्नै अनुभव छ । कुपण्डोलको गुसिंगालमा शिवराम यादवसँग बस्दा छेउको घरबेटी कचकच गथ्र्यो । हाम्रो डेराको छतमा सिरक सुकाउँदा उसको छतमा घाम छेकियो भन्ने उसको तर्क थियो । यस्तो लाग्थ्यो, मधेसीलाई हेपेरै बोल्नु र व्यवहार गर्नुपर्छ भन्ने काठमाडौंको निष्कर्ष छ । एक दिन हामी सिरकको खोल सिलाउन कुपण्डोल हनुमानथान गयौँ । अलिकति फाटेको सिलाउन सुचीकारले २० रुपैयाँ माग्यो । शिवरामले १० रुपैयाँ लिनुस् भनेको के थियो, ‘तिमी मधेसीहरू सधैँ किचकिच गर्छौ’ भन्दै सुचीकारले हपारे । तरकारी बेच्ने र कवाडी उठाउने मधेसीसँग अचाक्ली नै दुव्र्यवहार हुन्थ्यो । पढेलेखेका मधेसीलाई पनि ड्राइभर, खलासी र आममान्छे पनि ‘तँ मधेसी’ भनेर दुव्र्यवहार गर्थे ।
काठमाडौंका भित्ता “‘गर्व से कहु हम मधेसी छी, विदेशी भगौडा नहीँ धरती पुत्र छी’ नाराले पोतिए । माओवादी नेता मातृका यादवको निर्देशनमा कुनै वेलाका मेरा सहडेरावासी शिवराम यादवको नेतृत्वमा पोतिएका ती भित्ताले काठमाडौंमा बस्ने मधेसीमा निकै उत्साह जगायो ।
त्यो रात हामीले यो दुव्र्यवहारमाथि गम्भीर छलफल गर्यौँ र भोलिपल्ट नेपाल सद्भावना पार्टीको अफिस त्रिपुरेश्वर गयौँ । कुर्ता, पाइजामा र बन्डी लगाएर हृदयेश त्रिपाठी उभिइराख्नुभएको थियो । हामीले सारा समस्या भन्यौँ । “‘ए समस्या तो है, हम लोग संघर्ष कर रहे हैं, आप लोग भी हमारा पार्टीमे आ जाओ, साथसाथ संघर्ष करेंगे’ त्रिपाठीजीले भन्नुभयो । हामीले आफ्नो राजनीतिक पृष्ठभूमि बतायौँ । त्रिपाठीजीले अलि कडा स्वरमा भन्नुभयो, ‘काम करता हैं नेविसंघ, अखिल के लिए और जब गाली खाता हैं तो आता हंै हम लोग को सुनाने के लिए ।’ ०४९ सालमा मेरा बाबा र आमा उपचार पनि गर्ने गरी काठमाडौं घुम्न आउनुभएको थियो । मेरा अरू दुई मधेसी साथीसहित पाँचजना शिक्षण अस्पताल जान डेराबाट निस्क्यौँ । हामी अघिअघि र बाबा पछि हुनुहुन्थ्यो । हाम्रो डेराछेउको छिमेकी घाम तापेर बसेको थियो । हामी मूल बाटोमा निस्कन उसको घरअगाडिबाट हिँड्नुपथ्र्यो । छेउमा ठूलो खाली चौर थियो । बाबाले खाली ठाउँ देखेर अलि पर कुनामा पिसाब फेर्न बसिहाल्नुभयो । हामी अलि अगाडि बढेर पर्खिंदै थियौँ, बाबा आत्तिँदै र दौडँदै आउनुभयो । के भयो भनेर सोध्दा ‘त्यो मान्छेले त मलाई ढुंगाले हिर्कायो’ भन्नुभयो । के गर्नु, मुरमुरिँदै अस्पतालतिर लाग्यौँ ।
भोलिपल्ट फेरि त्यही समयमा अस्पताल जानु थियो । माथि छतमा गएर हेरेँ, त्यो मान्छे त्यही ठाउँमा घाम ताप्दै थियो । मलाई धेरै डर लाग्यो तर हिम्मत गरेर घरबाट निस्कियौँ । सबैभन्दा अगाडि आमा, बीचमा बाबालाई राखेर म पछि बसेँ । तर, घरबाट निस्किनेबित्तिकै त्यो मान्छेले बाबालाई गाली गर्दै धोती खुस्किने गरी तान्न पो थाल्यो । मलाई झन् बढी डर लाग्यो तैपनि जोडले कराएर भनेँ, ‘के गरेको ?’ बाबा दौडिएर भाग्नुभयो । म पनि पछिपछि भागेँ । आमा निकै डराउनुभयो । दिनभरि बाबाआमा एकदमै तनावमा हुनुभयो । ममा पनि निकै आक्रोश भरियो तर आफ्नै आँखाअगाडि बाबाको बेइज्जत भएको र आफू निरुपाय भएको पीडा आक्रोशभन्दा बढी थियो । ०६३ सालमा एकाएक मधेस विद्रोह भयो । मैले त्यति ठूलो विद्रोहको कल्पना गरेको थिइनँ । त्यसको केही महिनाअघि काठमाडौंका भित्ता “‘गर्व से कहु हम मधेसी छी, विदेशी भगौडा नहीँ धरती पुत्र छी’ नाराले पोतिए । माओवादी नेता मातृका यादवको निर्देशनमा कुनै वेलाका मेरा सहडेरावासी शिवराम यादवको नेतृत्वमा पोतिएका ती भित्ताले काठमाडौंमा बस्ने मधेसीमा निकै उत्साह जगायो । सामाजिक रूपमा पनि ०६३ सालपछि पुरानो अवस्थामा सुधार भएको मैले महसुस गरेको छु । मधेस जनविद्रोहताका म जलस्रोतविद् अजय दीक्षितसँग काम गर्थें । काम गर्नुपर्ने जलस्रोतमा तर लेख लेखिन्थ्यो मधेसबारे । अजय सरलाई पनि यो मान्छे जाओस् जस्तो लाग्न थालेको थियो । मलाई पनि मधेसमाथि नै काम गर्न मन भयो ।
मार्टिन चौतारीले नेपाली भाषामा गरेजस्तै अनुसन्धानात्मक काम मधेसबारे गर्ने उद्देश्य लिएर मैले ०६४ सालमा ‘नेपाल मधेस फाउन्डेसन’ नामको गैरसरकारी संस्था दर्ता गराएँ । र, अहिले पनि त्यही कर्ममा छु ।
नयाँ पत्रिकामा शनिवार प्रकाशित शाहको अनुभूति








0 comments:
Post a Comment