विवाह गरेको वीस दिनमै घरपक्षले बुहारी फिर्ता गर्नुमा तपाईलाई लाग्न सक्छ दाईजो, घरझगडा र केटाकेटीबीचमा मनमुटाव । तर सुन्दा पनि आश्चार्य लाग्न सक्छ । आठ महिनाकी गर्भवती केटीको विवाह गरिदिएपछि रातारात बेहुली फिर्ता गरिदिका छन् । रामेछाप जिल्ला बेथान– ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुईसयभन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाट फर्किएका केसीले बेहुलीको लागि भनेजस्तै गरी गरगहना पनि लगेका थिए ।
विवाह गरेर भित्र्याएपछि स्वभाविक रुपमा श्रीमान र श्रीमति भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन । तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस नजिक हुन पनि चाहिनन् । तीन दिन सामान्य कुरा पनि नभईकन वित्यो । संस्कार अनुसार तीनदिनको दिनमा दुलहन फर्काउनको लागि ससुराली गए । सँगै घर लिएर आउनु पर्ने श्रीमतीलाई उनले घरमै छोडेर आए । ससुरालीमा सासु ससुराले छोरी विरामी छ छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए । १६ दिनमा पुनः दुलहन फर्काउनको लागि ससुरा बुहारी लिन आए । तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती लिन माइला नै बेथान आए ।
उनले श्रीमतीलाई हेरे निकै उदास देखे । सोचे, विरामी भएर होला । नभन्दै सासु ससुराले केसीलाई छोरी विरामी छ किटनीको अप्रेसन गरेर ल्याएको राम्रोसँग ख्याल गर्नुहोला ? उनी कडकिए, किन तपाईहरुले गरेको मै गरी हाल्थे नि फेरी मलाई खबर पनि गर्नुुभएन ? उनले केही गडबढ भएको अनुमान गरेपनि श्रीमतिलाई आफ्नो घर मै लिएर गए । विवाह गरेपछि श्रीमान र श्रीमतीको बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुन्छ ।
केसीले कुरा गर्दा पनि खडकाले कुनै जवाफ नै फर्काइनन् । उनले सोचेछन, नयाँ भएर लाज मानेको होला । घर लगेको रात पनि श्रमती उनीसँग बस्न मानिनन् । खडकाले के भयो भनेर सोध्दा उनले आफू रजस्वला भएको बताइछिन् । केही दिन यसरी नै वित्यो । तर श्रीमानलाई उनी रजश्वाले विरामी भएकामा शंका लाग्न थाल्यो ।
श्रीमान माइला केसीले भने, धेरै सम्झाए धेरै बुझाए तर केही बोल्न मानिनन्, नबोलेपछि दुई तीन झाप्पु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन ।’ किन विवाह गर्नुभन्दा अगाडि यस्तो कुरा नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाद गरेको बताइन्, उनले भने । जब श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन् । त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन केसीले भने,‘घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिएँ ।’









0 comments:
Post a Comment